कलैया, ७ मंसिर। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी छुटेका छन्।
आइतबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई गैरकानुनी थुनामा राख्न नपर्ने निष्कर्ष निकाल्दै तत्काल मुक्त गर्न आदेश दिएको हो ।
प्रसाईंका छोरा निराजनले बुधबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।


















