कलैया, २३ पुस। उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन्।
रास्वपाबाट निर्वाचन लड्ने तयारी गरेसँगै प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिन सुझाव दिएपछि घिसिङले राजीनामा दिएका हुन् ।
उनले प्रधानमन्त्री कार्की समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।





