कलैया, २४ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भएको बताएका छन् ।
आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग बोल्दै उनले भने, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौं । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ”
केही दिन अघि रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति हुँदा घिसिङलाई उपसभापतिसहित दोस्रो वरीयतामा राख्ने निर्णय भएको थियो ।





