Saturday, August 1, 2026

बारामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कलैया, ०२ माघ। आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्लाको सदरमुकाम कलैया स्थित जिल्ला समन्वय समितिको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो। उक्त कार्यालयको बारा जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीले उद्घाटन गरेका हुन। निर्वाचन आयोगले अधिकारीलाई बाराको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।

उम्मेदवारी मनोनयनदेखि मतदान, मतगणना र निर्वाचनको नतिजा सार्वजनिक गर्ने सम्मको जिम्मेवारी निर्वाचन अधिकृतहरूको हुनेछ। फागुन २१ गते हुने निर्वाचनको लागी माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर