कलैया, ०२ माघ। नेपाली कांग्रेसको आधिकारिक सभापतिको रुपमा गगनकुमार थापालाई मान्यता दिने निर्वाचन आयोगले निर्णय गरेको छ ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।
यो निर्णय संगै रूख र चारतारे चिन्ह गगन नेतृत्वले पाउने भएको छ। शेरबहादुर देउवा र गगन पक्ष आआफ्ना दाबी लिएर आज निर्वाचन आयोगमा पुगेर निवेदन दिएका थिए।





