कलैया, ०२ माघ। डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै रास्वपामार्फत नयाँ राजनीतिक अध्यायको सुरुवात गर्न लागेको जनाएका हुन। उनले माघ ५ गते जनकपुरमा हुने रास्वपाको आमसभामा पार्टी प्रवेश गर्न लागेको जानकारी दिएका छन् ।
उनले फेसबुकमा लेख्दै भने, “यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु। देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरुद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ ।”





