Saturday, August 1, 2026

मेयर बालेनले राजीनामा नदिने ,आजै रास्वपा कार्यालय जाने

कलैया, ०४ फागुन। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट राजीनामा नदिने भएका छन् । उनले राजीनामा नदिएरै आज केहिबेरमा रास्वपाको केन्द्रीय कार्यालय घण्टी घर प्रवेश गर्दै छन् ।

राजीनामा नदिए पनि उम्मेदवार हुन कुनै अवरोध नहुने भएपछि रास्वपा कार्यालय पुगेर बैठकमा उपस्थित हुने छन्। उमेदवारी दर्ता गरेपछि स्वतः मेयर पद खारेज हुने भए पछि मेयर शाह आज राजीनामा नदिएको बताइएको छ।

रास्वपा सभापति रवि लामिछानेसहित बालेन र अन्य नेता आजै साँझ ५ बजे जनकपुर प्रस्थान गर्ने कार्यतालिका रहेको छ। भोलि जनकपुरमा विशेष कार्यक्रम हुने कार्यतालिका रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर