Saturday, August 1, 2026

ओली र बालेन दुवै अतिवादी हुन्: कांग्रेस सभापति गगन थापा

कलैया, १४ फागुन। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा दुई प्रकारका अतिवादी सोच देखा परेको टिप्पणी गरेका छन्। आज सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) साहलाई लक्षित गर्दै यस्तो आरोप लगाएका हुन ।

सभापति थापाले भदौ अन्तिम साता भएको ‘जेन–जी’ आन्दोलनको सन्दर्भ जोड्दै दुई नेताले फरक-फरक अतिवादी चरित्र प्रदर्शन गरेको बताएका छन्। सम्बोधनका क्रममा थापाले कांग्रेसले सधैँ मध्यमार्गी र लोकतान्त्रिक बाटो रोज्ने भन्दै युवाहरूको भावनालाई बुझेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले भने, ” यो देशमा अब कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनुहुन्न । यो अवस्था निर्माण गर्नुपर्नेछ । त्यसको लागि हामीले भाद्र २३ र २४ को घटनालाई हेर्नुपर्छ । एउटा प्रवृत्ति छ त्यसले के भन्छ भने भाद्र २३ र २४ को घटनालाई उसले इन्कार गर्छ र भन्छ २३ गते अगाडि र २३ गते देश ठिकठाक थियो । सबले दुधभात खाएका थिए । केही पनि बिग्रेको थिएन । अर्को प्रवृत्ति छ जसले बोल्दैन र भन्दैन । तर २३ र २४ गते बलेको आगोमा पेट्रोल थपेर आफ्नो राजनीतिको स्वार्थको रोटीमात्र सेक्छ । केवल उसले आफ्नो फाइदा मात्र हेर्छ । यो दुईटै सोच अतिवादी सोच हो ।”

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर