Saturday, August 1, 2026

जनकपुर-जयनगर रेल सेवा ३ दिन बन्द रहने

कलैया, १५ फागुन। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर जनकपुर-जयनगर रेल सेवा तीन दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले सूचना जारी गर्दै निर्वाचनको समयमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले उक्त रेल सेवा फागुन १९ गते मङ्गलबारदेखि फागुन २१ गते बिहीबारसम्म बन्द हुने जनाएको छ । यस अवधिमा भङ्गाहा-जनकपुर-जयनगर खण्डमा सबै रेल सेवाहरू अवरुद्ध रहनेछन्।

रेल सेवा बन्द रहने तीन दिनको अवधिमा यात्रुहरूलाई वैकल्पिक यातायातका साधनहरूको प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ। आगामी फागुन २२ गते शुक्रबारदेखि रेल सेवा पुनः साविक बमोजिम नै नियमित रूपमा सञ्चालनमा आउनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर