Saturday, August 1, 2026

बारा–२ मा चुनावी सरगर्मी: उम्मेदवार रामकिशोर यादवद्वारा करैयामाईमा घरदैलो

कलैया, १६ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बारा निर्वाचन क्षेत्र नं. २ मा चुनावी प्रचारप्रसारले तीव्रता पाएको छ।

यसैक्रममा उक्त क्षेत्रबाट जसपा नेपालका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकिशोर प्रसाद यादवले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत करैयामाई गाउँपालिकाका विभिन्न टोलहरूमा घरदैलो अभियान सम्पन्न गरेका छन्। अभियानका क्रममा उम्मेदवार यादवले स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या र अपेक्षाबारे जानकारी लिएका थिए ।

करैयामाई गाउँपालिकामा आयोजित उक्त घरदैलो कार्यक्रममा स्थानीय महिला, युवा तथा विभिन्न वर्गका नागरिकहरूको सहभागिता रहेको थियो। भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले मधेशको हक-अधिकार, पहिचान र क्षेत्रको समावेशी विकासका मुद्दाहरूमा चासो व्यक्त गरेका थिए। उम्मेदवार यादवले जनताका गुनासाहरू सुन्दै आफ्नो कार्ययोजना र प्रतिबद्धताहरू प्रस्तुत गरेका थिए । चुनावी अभियानका क्रममा गाउँ-गाउँमा पुग्दा स्थानीयस्तरमा देखिएको उत्साहले यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक हुने संकेत गरेको छ।

विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले मतदाता रिझाउन आ-आफ्ना एजेन्डाहरू सहित घरदैलोलाई तीव्रता दिएका छन्। बारा निर्वाचन क्षेत्र नं. २ मा विकास, सुशासन र नागरिक अधिकारलाई मुख्य मुद्दा बनाएर यादव चुनावी मैदानमा उत्रिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर