Thursday, June 4, 2026

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

spot_img

कलैया, १८ फागुन । सिरहामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। गोलबजार नगरपालिका–३ जमनटोकी नजिक बस र मोटरसाइकल एकापसमा ठोक्किँदा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको हो।

गोलबजारबाट पूर्वतर्फ जाँदै गरेको स५प ४७५९ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फ जाँदै गरेको लु२ख १०८५ नम्बरको बस ठोक्किएका थिए। दुर्घटनामा सख्त घाइते भएका महतो र रायको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेको मोटरसाइकलमा तीन जना सवार थिए। सोही दुर्घटनामा परी १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन्। उनको अहिले विराटनगरमा उपचार भइरहेको छ।

मृतकहरूको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर