कलैया, १९ फागुन । आगामी निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ। आयोगको यो निर्णयसँगै धनुषामा रास्वपालाई ठूलो राजनीतिक धक्का लागेको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, साह कर्जा सूचना केन्द्रको कालोसूची मा रहेको पुष्टि भएपछि उनको उम्मेदवारी रद्द गरिएको हो।

उम्मेदवार बन्नका लागि आवश्यक योग्यता र कानुनी मापदण्ड नपुगेकाले उजुरी र छानबिनपछि आयोगले यो कदम चालेको हो।

नेपालको निर्वाचन कानुन अनुसार, बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालोसूचीमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन्।