Saturday, August 1, 2026

गृह मन्त्रालयले भन्यो-निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो

कलैया, २० फागुन । गृह मन्त्रालयले भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूसँग भएको भर्चुअल बैठकपछि मन्त्रालयले यस्तो जानकारी दिएको हो।

करिब तीन घण्टासम्म चलेको उक्त बैठकमा बारासहित देशभरको सुरक्षा अवस्था, कर्मचारी परिचालन र निर्वाचन सामग्रीको व्यवस्थापनबारे विस्तृत समीक्षा गरिएको थियो। बैठकमा बाराका प्रमुख जिल्ला अधिकारीसहित देशभरका प्रजिअहरूले आ–आफ्नो जिल्लामा सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदान स्थलसम्म पुगिसकेको रिपोर्टिङ गरेका थिए।

गृह मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यका अनुसार गृहसचिव श्रेष्ठले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ। विशेषगरी सुरक्षा संवेदनशीलता रहेका क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन र साम्प्रदायिक वा अराजक गतिविधि हुन नदिन सुरक्षा निकायहरूलाई अलर्ट रहन भनिएको छ।

बारासहितका सीमावर्ती जिल्लाहरूमा विशेष निगरानी बढाइएको र मतदानको दिन अपनाउनुपर्ने सुरक्षा रणनीतिको समेत बैठकमा टुङ्गो लागेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर