Saturday, August 1, 2026

रौतहटमा अर्काको नाममा मतदान गर्न खोज्ने युवक पक्राउ

कलैया, २१ फागुन। रौतहटमा जारी प्रतिनिधिसभा निर्वाचनको क्रममा अर्काको नाममा मतदान गर्न खोज्ने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ९ बैरिया बस्ने १८ वर्षीय अरजे हयात रहेका छन्। प्रहरीका अनुसार हयातले बैरिया अनाथालय मतदान स्थलबाट स्थानीय महमद आसिकको नाममा फर्जी मतदान गर्ने प्रयास गरेका थिए।

मतदान अधिकृत र सुरक्षाकर्मीले कागजात जाँच गर्ने क्रममा शंका लागेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको हो। पक्राउ परेका हयातलाई अहिले प्रहरी हिरासतमा राखिएको थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर