कलैया, २२ फागुन । बारा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि कलैया स्थित जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना सुरु गरिएको हो ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट अरविन्द साह , नेपाली कांग्रेसबाट फरमुल्लाह मन्सुर , नकपा एमालेबाट ज्वालाकुमारी साह, नेपाली कम्युनिष्ट पार्टीका भरतप्रसाद साह, जनता समाजवादी पार्टी नेपालका रामबाबु यादव, जनमत पार्टीका प्रमोदप्रसाद गुप्ता लगायत उम्मेदवारहरु रहेका छन् ।





