Saturday, August 1, 2026

रुकुम पूर्वमा प्रचण्ड विजयी

कलैया, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । शुक्रबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार १० हजार २४० मत प्राप्त गर्दै प्रचण्ड निर्वाचित भएका हुन।

कुल १९ हजार १८८ मत खसेको यस निर्वाचन क्षेत्रमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लीलामणि गौतमलाई ६ हजार ७७८ मतान्तरले पछि पारेका हुन ।

एमालेका गौतमले ३ हजार ४६२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापा ३ हजार ८१ मतमा सीमित भइन । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार रुकुम पूर्वमा कुल ३४ हजार ७ सय ७२ मतदाता रहेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर