Thursday, June 4, 2026

हर्क साम्पाङले भने- ‘सरकारको नेतृत्व रविले गर्दा राम्रो’

spot_img

कलैया, २४ फागुन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा विजय उन्मुख भएका छन् । निर्वाचनमा आफ्नो पकड बलियो बनाएसँगै साम्पाङले राष्ट्रिय राजनीति र भावी सरकारको नेतृत्वबारे पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना विचार राख्दै साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारको नेतृत्व सुम्पिनु उपयुक्त हुने बताएका छन् । उनले लेखेका छन्, “जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो ।”

यसैबीच, साम्पाङले रास्वपाका वरिष्ठ नेता एवम् झापा-५ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य बालेन शाहप्रति कटाक्ष गर्दै सदनमा बोल्न सक्ने र जनताको प्रश्नको विस्तृत उत्तर दिन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् ।

उनले लेखेका छन्, “नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैनन् । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ ।”

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर