Thursday, June 4, 2026

भदौ २३ र २४ को घटना: छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन पेस

spot_img

कलैया, २४ फागुन। भदौ २३ र २४ गते भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो विस्तृत प्रतिवेदन पेस गरेको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित उक्त आयोगले करिब एक हजार पृष्ठको प्रतिवेदन बुझाएको ह। उक्त प्रतिवेदनमा घटनाको पृष्ठभूमि, दोषीको पहिचान र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरू समेटिएका छन्। आयोगमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए ।

प्रतिवेदन हस्तान्तरणपछि आयोगका सदस्य शर्माले करिब २०० जनासँगको सोधपुछ र विज्ञहरूको परामर्शका आधारमा दोषीहरूमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिएका छन्। प्रतिवेदनले घटनाको सूक्ष्म विश्लेषण गर्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सरकारलाई महत्वपूर्ण सुझावहरू समेत दिएको छ।

प्रधानमन्त्री कार्कीले प्रतिवेदनको अध्ययन गरी दोषीलाई कानुनी दायरामा ल्याउने र सिफारिसहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर