कलैया, २४ फागुन। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण कार्यक्रम आज हुने भएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनमा आज दिउँसो २ बजे शपथको समय तय गरिएको छ ।
गत माघ ११ गते भएको निर्वाचनबाट कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट निर्वाचित १८ सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराउनुहुनेछ ।





