Thursday, June 4, 2026

समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत

spot_img

कलैया, २६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख मतको ऐतिहासिक सीमा पार गर्दै आफ्नो अग्रतालाई अझ मजबुत बनाएको छ।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहान १०:४० बजेसम्म कुल १ करोड ४ लाख १९ हजार २३४ मत गणना भइसक्दा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ, जुन कुल गणना भएको मतको झन्डै आधा हिस्सा हो। यो नतिजाले नयाँ संसदमा रास्वपाको बलियो र निर्णायक उपस्थितिलाई सुनिश्चित गरेको छ।

यसैगरी, नेपाली कांग्रेस १६ लाख ९२ हजार ८६ मतसहित दोस्रो स्थानमा छ भने नेकपा (एमाले) १४ लाख ११ हजार ४२९ मतका साथ तेस्रो स्थानमा खुम्चिएको छ। गणना जारी रहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरी चौथो स्थान ओगटेको छ।

श्रम संस्कृति पार्टी ले ३ लाख ५८ हजार ४१५ मत प्राप्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समेत पछि पारेको छ। राप्रपाले हालसम्म ३ लाख २४ हजार ८८१ मत पाएको आयोगको तथ्याङ्कले देखाउँछ। देशभरका विभिन्न गणना केन्द्रहरूमा बाँकी मतपत्रको गणना कार्य अझै जारी छ

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर