Tuesday, September 15, 2026

अपेक्षित परिणाम ल्याउन सकेनौँ, जनताको फैसला स्वीकार गर्छु : केपी ओली

Advertisement
Advertisement

कलैया, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी पराजयपछि पहिलोपटक सार्वजनिक वक्तव्य जारी गरेका छन् । उनले आफु जनताको फैसला शिरोधार्य गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस पटकको निर्वाचनमा आफू र आफ्नो पार्टीले अपेक्षा गरे अनुसारको नतिजा प्राप्त गर्न नसकेको स्वीकार गरेका छन् । लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुने उल्लेख गर्दै उनले जनादेशलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने प्रतिबद्धता ब्यक्त गरे।

वक्तव्यमा ओलीले प्रतिकुल परिणामका बाबजुद ‘सूर्य’ चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाता, पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूप्रति विशेष आभार प्रकट गरेका छन् । उनले लेखेका छन्, “निर्वाचनको परिणाम हाम्रो पक्षमा नआए पनि जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन।”

चुनावी हारले पार्टीको आत्मबल नगिराएको संकेत गर्दै उनले आगामी दिनमा अझ सशक्त रूपमा जनताकै बीचमा रहेर काम गर्ने र जनतासँगको सम्बन्धलाई थप प्रगाढ बनाउने अठोट समेत व्यक्त गरेका छन् । उनले लेखेका छन्, “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।”

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर