Thursday, June 4, 2026

द्वन्द्व प्रभावित क्षेत्रमा नेपालीको उद्धार र आवश्यक सहायता दर्ता प्रक्रिया जारी

spot_img

कलैया, २८ फागुन । पश्चिम एसियामा बढ्दो तनावका बीच त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सरकारले सक्रियता बढाएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा बुधबारसम्म ६५ हजार ८८६ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।

इजरायल र इरानबीच चर्किएको द्वन्द्वका कारण सिर्जित परिस्थितिलाई दृष्टिगत गर्दै फागुन १८ गतेदेखि यो पोर्टल सञ्चालनमा ल्याइएको हो । विभागका महानिर्देशक दुपर्दा सापकोटाका अनुसार प्राप्त विवरणहरूको अध्ययन गरी आवश्यकताका आधारमा उद्धार र सहायताको प्रक्रिया अगाडि बढाइनेछ ।

यसैबीच, परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित इमर्जेन्सी रेस्पोन्स टिम ले सो क्षेत्रमा रहेका नेपाली नियोगहरूलाई समस्यामा परेका नागरिकसँग निरन्तर सम्पर्कमा रहन र उनीहरूको मनोबल उच्च राख्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न नियोगहरूले समन्वयकारी भूमिका खेलिरहेको जानकारी दिनुभयो ।

मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीहरूलाई संयमित रहन आग्रह गर्दै स्थानीय कानुनविपरीतका अडियो, भिडियो वा तस्बिरहरू खिच्ने र सामाजिक सञ्जालमा साझा नगर्न समेत सचेत गराएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर