Friday, July 24, 2026

नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो

कलैया, ०१ चैत । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फको २० जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। आइतबार सानेपास्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले समावेशी क्लस्टरका आधारमा नामहरू चयन गरेको हो। प्रवक्ता देवराज चालिसेका अनुसार संघीय संसदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण २० मध्ये १५ जना महिलालाई सांसद बनाइएको छ।

चयन गरिएका सांसदहरूमध्ये आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६ र बाँकी सिटमा दलित, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व मिलाइएको छ।

कांग्रेसले आजै यी नामहरू निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ। आयोगले नामहरू रुजु गरेपछि आधिकारिक सूची सार्वजनिक हुने पार्टीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर