कलैया, ०१ चैत । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा अर्यालको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
वरिष्ठ अधिवक्ता समेत रहेका अर्याल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा गृहमन्त्रीको जिम्मेवारीमा छन् ।





