Thursday, June 4, 2026

रवि लामिछाने विरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ भोलि

spot_img

कलैया, ०२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता लिने निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंगलबार पुनः सुनुवाइ गर्ने भएको छ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबार सुरु भएको बहस नसकिएपछि यसलाई हेर्दाहेर्दैमा राखिएको हो।

अघिल्लो सरकारको पालामा लामिछाने विरुद्ध गरिएको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरिएको थियो।

महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयलाई बदर गर्न माग गर्दै युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र आभास रेग्मीले सर्वोच्चमा छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर