Saturday, August 1, 2026

शिक्षण अस्पतालमा भर्ना भए पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली

कलैया, १४ चैत । आज बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपश्चात् त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ।

जेन्जी आन्दोलनमा दमन गरेको फौजदारी कसुरमा भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई सुरुमा अस्पतालको रेड एरियामा राखी परीक्षण गरेको थियो।

मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई हाल अस्पतालको ५०१ नम्बर बेडमा सारिएको छ। यो बेड मिर्गौलाका बिरामी राख्ने बेड हो । ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ ।

सोही प्रकरणमा पूर्वगृहमन्त्री रमेश लेखक पनि आजै पक्राउ परेका छन्। आज शनिबार सार्वजनिक बिदा भएकाले दुवै नेतालाई आइतबार मात्रै अदालत पेस गर्ने तयारी प्रहरीले गरेको छ।

प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ भदौमा भएको जेन-जी आन्दोलनको दमन र त्यसक्रममा भएका मानवीय क्षतिका विषयमा छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै प्रहरीले यो सक्रियता देखाएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर