Thursday, June 4, 2026

२४ घण्टाभित्र बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

spot_img

कलैया, १५ चैत । सरकारले नेपालभित्र अवैध रूपमा सञ्चालित सबै अनलाइन सट्टेबाजी (बेटिङ) एप र वेबसाइटहरू २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त निर्देशन दिएको हो। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अनुरूप अवैध आर्थिक कारोबार र पुँजी पलायन रोक्न यो कदम चालिएको हो।

मन्त्रालयको निर्देशनलगत्तै दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र मोबाइल अपरेटरहरूलाई पत्राचार गरी बन्द गर्ने प्रक्रिया सुरु गरिसकेको छ। बैठकमा मन्त्री तिमिल्सिनाले डिजिटल शासन र डेटा गभर्नेन्समा केन्द्रित हुँदै सेवा प्रवाहलाई चुस्त बनाउन र मन्त्रालयका कामको दैनिक रिपोर्टिङ गर्ने प्रणाली विकास गर्न समेत निर्देशन दिनुभएको छ। सरकारको यो निर्णयसँगै अब नेपालमा वान एक्सबेट लगायतका सट्टेबाजी प्लेटफर्महरू प्रतिबन्धित हुनेछन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर