Saturday, August 1, 2026

प्रतिनिधि सभाको सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध

कलैया, २० चैत । प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।

संसद् सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकेको उम्मेदवारी दर्ताको समयसीमाभित्र अर्यालको मात्रै एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन।

रास्वपाको संसद्‌मा करिब दुई तिहाइ बहुमत रहेका कारण विपक्षी दलहरूले अर्यालको विरुद्धमा कुनै पनि उम्मेदवारी दर्ता नगराएपछि उहाँ निर्विरोध हुने निश्चित भएको हो।

अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहनुभएको छ भने समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका थिए।

अब आउँदो आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर