कलैया, २२ चैत। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
आइतबार अदालतले उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थप गरेको हो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा तत्कालीन गृहमन्त्रीलाई जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेपछि यो प्रक्रिया अघि बढेको हो।
प्रहरीले ओली र लेखक दुवैलाई चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ गरेको थियो। आन्दोलनका क्रममा भएका मानवीय क्षति र राज्य पक्षको भूमिकालाई लिएर आयोगले दिएको प्रतिवेदनका आधारमा उनीहरूमाथि अनुसन्धान सुरु भैरहेको छ।





