Thursday, June 4, 2026

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

spot_img

कलैया, २३ चैत । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन)’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन)’ अध्यादेश, २०८२ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

यसैगरी, राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्नेछ। उक्त बैठकमा लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरिनेछ।

साथै, प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर