Thursday, June 4, 2026

सम्पत्तिको विवरण आयो, अब स्रोत खुलाइदिए राम्रो : सांसद हर्क साम्पाङ

spot_img

बारा, ३० चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारमा सहभागी मन्त्रीहरूको सम्पत्ति विवरण मात्र नभई त्यसको वैधानिक स्रोत समेत खुलाउनुपर्ने माग राखेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले स्रोत बिनाको सम्पत्ति भ्रष्टाचार गरेको हुनसक्छ भन्दै यस्तो माग राखेका हुन् ।

साम्पाङले आफ्नो पोस्टमा स्रोत नखुलेको सम्पत्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रष्टाचारकै उपज मान्न सकिने संकेत गरेका छन्।

“सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो, अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो,” भन्दै उनले थप लेखेका छन्, “स्रोत बिनाको सम्पत्ति त फेरि घुमाई फिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ।”

आइतबार मात्रै प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर