Saturday, August 1, 2026

रास्वपा केन्द्रीय समिति बैठक सोमबार बस्ने

बारा, ६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। पार्टी प्रवक्ता मनिष झाले सोमबार अपराह्न ३ः०० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिएका छन्।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठकमा सबै पदाधिकारीलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।

यसैबीच, रास्वपाको सचिवालय बैठक आज अपराह्न ३ः३० बजे बस्दैछ। उक्त बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्नेछ।

बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, संसदीय दलका लागि प्राविधिक सहायता तथा ‘लेवी’ सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

साथै, जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभिन्न विभागीय मनोनयन तथा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनबारे पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर