बारा, ०६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।
आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै यो निर्णय गरेको हो। बैठकपश्चात् पार्टी प्रवक्ता मनिष झाले वैशाख १५ बाट अधिवेशनको प्रक्रिया सुरु हुने जानकारी दिँदै यो कदमले पार्टीको सांगठनिक संरचनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
यसैबीच, सचिवालय बैठकले तय गरेका विभिन्न एजेन्डाहरूमाथि छलफल र अनुमोदन गर्न रास्वपाले भोलि (सोमबार) केन्द्रीय समितिको बैठक बोलाएको छ।
उक्त बैठकमा जिल्ला अधिवेशनको विस्तृत कार्यतालिका र पार्टीको आगामी रणनीतिबारे ठोस निर्णय हुने बताइएको छ।





