Thursday, June 4, 2026

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

spot_img

बारा, ०७ वैशाख । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले कर्णालीको विकट भूगोल र महँगो जीवनस्तरलाई ध्यानमा राख्दै इन्धनमा विशेष सहुलियत दिनुपर्नेमा जोड दिए।

छिमेकी मुलुक भारतमा इन्धनको मूल्य स्थिर रहेको उल्लेख गर्दै उनले सरकारले नागरिकमाथि परेको महँगीको भार कम गर्न र मूल्य स्तरीकरण गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष घिसिङले वर्तमान दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर