Thursday, June 4, 2026

सरुवा भएको कार्यालयमा तीन दिनभित्र हाजिर नभए कारबाही : मन्त्रालय

spot_img

बारा, १० वैशाख। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका तर खटाइएको ठाउँमा जान आलटाल गर्ने कर्मचारीहरूलाई तीन दिनभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

मन्त्रालयले २०८२ भदौदेखि २०८२ माघसम्म विभिन्न स्थानीय तहमा सरुवा भएका तर हालसम्म रमाना नलिई साविककै कार्यालयमा बसिरहेका उपसचिव र १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई लक्षित गर्दै यस्तो चेतावनी दिएको हो ।

वैशाख १० गते पत्राचार गर्दै मन्त्रालयले तोकिएको समयसीमाभित्र कामकाज सुरु नगरे निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० बमोजिम कडा विभागीय कारबाही गरिने स्पष्ट पारेको छ । लामो समयदेखि खटाइएको कार्यक्षेत्रमा जान अटेर गरी पुरानै कार्यालयमा बसिरहने विकृतिलाई अन्त्य गर्न मन्त्रालयले यो कदम चालेको हो ।

मन्त्रालयका अनुसार पटक-पटकको निर्देशनलाई बेवास्ता गर्ने कर्मचारीहरूका कारण स्थानीय तहको प्रशासनिक कार्य सम्पादनमा बाधा पुगेकाले अब कुनै पनि बहानामा ढिलाइ सह्य हुने छैन ।

“मन्त्रालयले २०८२ भदौदेखि २०८२ माघसम्म विभिन्न स्थानीय तहमा सरुवा भई समय ब्यतित भइसक्दा समेत खटाइएको स्थानीय तह (नगरपालिका/गाउँपालिका)मा रमाना भई हाजिर हुन नगएका उपसचिव तथा १६ जना प्रमुख प्रशासकीय अधिकृतहरुलाई तीन दिनभित्र अनिवार्य रुपमा कामकाज गर्न खटाइएको निकायमा रमाना लिई जानु हुन अनुरोध छ,” मन्त्रालयले जारी गरेको पत्रमा उल्लेख छ ।

आगामी दिनमा समेत सरुवाको अवधि पुगेर पनि हाजिर हुन नजाने जोसुकै कर्मचारीउपर कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर