बारा, ११ वैशाख । नेपाल सरकारले इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको भए तापनि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले हालै मात्र यसको औपचारिक जानकारी सार्वजनिक गरेका हुन।
यसअघि सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू मात्रै सार्वजनिक गर्दै आएको थियो । आज भने सरकारले हालसम्मका मन्त्रिपरिषद् बैठकका सबै निर्णयहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएका जोशीको गाजा क्षेत्रमा भएको तनावपूर्ण घटनामा परी मृत्यु भएको थियो।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले भने, “अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने”





