Saturday, August 1, 2026

अध्यादेशबारे राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गर्दै

बारा, १७ वैशाख । सरकारले संसद् अधिवेशन अन्त्य गरी एकैपटक ६ वटा अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले यसमा देखिएका कानुनी र संवैधानिक जटिलता सुल्झाउन सक्रियता देखाएका छन्।

सिफारिस गरिएका अध्यादेशहरूका विषयमा छलफल गर्न राष्ट्रपतिले आज दिउँसो ४ बजे शीतल निवासमा संविधानविद् तथा कानुनविद्हरूलाई परामर्शका लागि बोलाएका छन्।

संविधानविद्हरूसँगको यो गहन परामर्शपछि मात्र राष्ट्रपतिले यी अध्यादेशहरू प्रमाणीकरण गर्ने वा रोक्ने भन्नेबारे अन्तिम निर्णय लिने बुझिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर