Thursday, June 4, 2026

अध्यादेश ल्याएरै भए पनि काम गर्नुपर्छ, किचकिच नगरौँ: सांसद महावीर पुन

spot_img

बारा, १७ वैशाख । सरकारले एकैपटक विभिन्न अध्यादेशहरू सिफारिस गरेपछि राजनीतिक वृत्तमा पक्ष, विपक्षमा आवाज उठिरहेको छ।

विपक्षी दलहरूले सरकारको यो कदमलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गरिरहेका बेला स्वतन्त्र सांसद महावीर पुन भने सरकारको बचाउमा उत्रिएका छन्।

प्रतिनिधिसभाका स्वतन्त्र सदस्यसमेत रहेका पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारलाई काम गर्न दिनुपर्ने तर्क अघि सारेका छन्।

उनले अनावश्यक राजनीतिक अवरोधले देशको विकास रोकिने भन्दै आक्रोश व्यक्त गरेका हुन्। उनले लेखेका छन्, “सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ। कुविद्वानहरूले किचकिच नगरौँ।”

पुनले आफ्नो धारणा राख्ने क्रममा विगतमा आफूले भोगेका प्रशासनिक र कानुनी अड्चनहरूको पनि स्मरण गराएका छन्। जनहितका काम गर्न खोज्दा विद्यमान ऐन-कानुनकै कारण कतिपय योजनाहरू अघि बढ्न नसकेको उनको तीतो अनुभव छ।

मन्त्रालयहरूले हरेक पटक “कानुनी जटिलता” देखाएर विकासका काममा तगारो हाल्ने गरेको भन्दै उनले वर्तमान प्रशासनिक संयन्त्रको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

विशेष गरी आफू शिक्षामन्त्री हुँदा अघि बढाउन खोजिएका महत्वपूर्ण कामहरू पनि यस्तै प्रक्रियागत अल्झन र कानुनी व्याख्याका कारण रोकिएको पुनको गुनासो छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर