Thursday, June 4, 2026

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले दिए सामूहिक राजीनामा

spot_img

बारा, १७ वैशाख । त्रिभुवन विश्वविद्यालयका शीर्ष तीन पदाधिकारीले पदबाट सामूहिक राजीनामा दिएका छन्।

सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका हुन्।

नयाँ सरकारले अघिल्लो सरकारको पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्ने तयारी गरेपछि उनीहरूले कार्यकाल बाँकी छँदै मार्गप्रशस्त गरेका हुन्।

यसअघिका उपकुलपति प्रा.डा. केशरजंग बरालले पद त्याग गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा २५ असार २०८२ मा अर्याल उपकुलपति नियुक्त भएका थिए।

यस्तै, शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल भने पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको समयमा ३० चैत २०८० मा नियुक्त भएका थिए।

त्रिवि पदाधिकारीको कार्यकाल सामान्यतया ४ वर्षको हुने भए तापनि सरकारले अध्यादेशमार्फत पदमुक्त गर्ने कानुनी प्रक्रिया अघि बढाएपछि उनीहरूले राजीनामा दिएको बुझिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर