Thursday, June 4, 2026

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: ‘साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छ’

spot_img

बारा, १८ वैशाख। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा समस्त नेपालीमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्।

बुद्ध जयन्तीको पावन अवसरमा सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले बुद्धले देखाएको मार्ग नै वास्तविक दुःख निवारणको मार्ग भएको उल्लेख गरेका छन्

प्रधानमन्त्री शाहले लेखेका छन्,“बुद्धले भन्नुभयो– दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ । हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ ।” प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा ज्ञानको महत्त्वमाथि विशेष जोड दिँदै अँध्यारोलाई केवल उज्यालोको अभावका रूपमा व्याख्या गरे। उनका अनुसार ज्ञानको किरण फैलिएसँगै अज्ञानताको अँध्यारो स्वतः हटेर जान्छ।

बुद्धको जन्मभूमि नेपाल सधैं अहिंसा र शान्तिको पक्षमा अडिग रहेको चर्चा गर्दै उनले हाम्रो राष्ट्रिय यात्रा ज्ञानको उज्यालो र समस्या समाधानको दिशामा केन्द्रित हुनुपर्ने बताएका छन्।

विशेष गरी क्रान्तिको परम्परागत परिभाषालाई नयाँ ढङ्गले व्याख्या गर्दै प्रधानमन्त्री शाहले भने, “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ भनेको ज्ञान हो।”

प्रतीकात्मक रूपमा व्यक्त गरिएको यो धारणाले समाज परिवर्तनका लागि भौतिक संघर्षभन्दा बौद्धिक चेतना र विवेकको भूमिका अग्रणी हुने सन्देश दिएको छ। उनले बुद्धको ज्ञान र दर्शनलाई आत्मसात् गर्दै अघि बढ्न सबैमा आह्वान समेत गरे ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर