बारा, १८ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यो अध्यादेश जारी गरेका हुन ।
योसँगै तीन वटा अध्यादेश जारी भएको छ । संवैधानिक परिषद्सम्बन्धी लगायत अन्य अध्यादेश भने जारी हुन बाँकी रहेको छ ।






