Wednesday, September 30, 2026

जीतपुरसिमरामा सार्वजनिक जग्गामा बनेका सटर व्यवसायीले खाली गरे

Advertisement
Advertisement

बारा, १९ वशाख । जीतपुरसिमरा उपमहानगरपालिकाको ताकेतापछि सिमरा बजार क्षेत्रका सार्वजनिक जग्गामा रहेका व्यावसायिक सटरहरू व्यवसायीहरूले आफैँ खाली गरेका छन्।

सिमराको मुख्य बजारबाट नगर अस्पताल जाने बाटोमा रहेको रामजानकी मन्दिर परिसरको जग्गामा रहेका यी सटरहरू खाली गराउन उपमहानगरले वैशाख १८ गतेसम्मको अन्तिम समयसीमा तोकेको थियो।

विगत ७ वर्षदेखि मन्दिर व्यवस्थापन समितिले भाडा उठाउँदै आएको उक्त जग्गा खाली गर्न उपमहानगरले एक वर्षअघिदेखि नै प्रयास गरे पनि व्यवसायीहरूले अटेरी गर्दै आएका थिए। यसअघि सटर खाली गराउने कार्य अदालतको अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको थियो।

तर, वैशाख ११ गते उच्च अदालत वीरगन्जले उक्त आदेश खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उपमहानगरलाई कानुनी बाटो खुलेको हो। शुक्रबार बिहान व्यवसायीहरूले आफैँ सामान हटाउन थालेका छन्।

हालका लागि उपमहानगरपालिकाले ती सटरहरूमा ताला लगाएको छ र अदालतको आगामी जेठ ४ गते हुने पेसीको निर्णयअनुसार थप प्रक्रिया अगाडि बढाइने उपमहानगरले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर