बारा, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आज थप तीनवटा नयाँ अध्यादेशहरू जारी गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरिएका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३, र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ रहेका छन्।
तीन वटै अध्यादेशहरू आजै अर्थात् वैशाख १९ गते शनिबार प्रमाणीकरण भई जारी भएका हुन्।



