Saturday, August 1, 2026

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सरकारले फेरि गर्‍यो सिफारिस

बारा, २१ वैशाख । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुनर्विचारका लागि फिर्ता पठाइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई जारी गर्न पुनः सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशमा कुनै परिमार्जन नगरी जस्ताको त्यस्तै राष्ट्रपति कार्यालय पठाउने निर्णय गरेको हो।

राष्ट्रपति पौडेलले आइतबार मात्रै उक्त अध्यादेश फिर्ता पठाएका थिए, तर सरकारले त्यसको २४ घण्टा पनि नबित्दै पुनः सिफारिस गर्ने कदम चालेको छ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई पुरानै स्वरूपमा पुनः सिफारिस गरिएको पुष्टि गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर