Thursday, June 4, 2026

वार्षिक प्रतिवेदन अनिवार्य बुझाउन जीतपुरसिमराको आग्रह

spot_img

बारा, २८ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले गरिबी निवारण कोषअन्तर्गत सञ्चालित तथा स्थानीय तहमा दर्ता भएका सामुदायिक संस्थाहरूलाई चौमासिक र वार्षिक प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न आग्रह गरेको छ।

उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा गरिबी निवारण कोषद्वारा प्रवर्द्धित सामुदायिक संस्था तथा साना पूर्वाधार विकास आयोजनासम्बन्धी सामान्य मार्गदर्शन, २०७५ अनुसार स्थानीय तहभित्र गठन भएका सामुदायिक संस्थाहरूको घुम्ती कोष सञ्चालन तथा व्यवस्थापनको व्यवस्था रहेको उल्लेख गरिएको छ।

सूचनामा मार्गदर्शनको बुँदा नं. २.९ (९) बमोजिम सामुदायिक संस्थाहरूले आफ्नो चौमासिक तथा वार्षिक प्रतिवेदन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था रहेको जानकारी गराइएको छ।

यसै सन्दर्भमा गरिबी निवारण कोषमार्फत सञ्चालित तथा स्थानीय तहमा दर्ता भएका सबै सामुदायिक संस्थाहरूलाई यथाशीघ्र आवश्यक प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गर्न अनुरोध गरिएको हो।

उपमहानगरपालिकाका अनुसार पेश गर्नुपर्ने विवरणहरूमा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन, चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम तथा दोस्रो चौमासिक प्रतिवेदन र संस्थाको अद्यावधिक विवरण समावेश गर्नुपर्नेछ।

त्यस्तै, सम्बन्धित प्रतिवेदनको हार्ड कपी सामाजिक विकास शाखामा तथा सफ्ट कपी इमेलमार्फत उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर