बारा, ०४ जेठ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा विशेष गरी आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ।
यसका साथै, बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम समेत तय गरिएको छ।



