Saturday, August 1, 2026

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राख्ने

बारा, १० जेठ । विपक्षी दलहरूले प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म आफ्नो विरोध र सदनको अवरोध जारी राख्ने निर्णय गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा (एमाले), नेकपा, र राप्रपाका प्रमुख सचेतकहरूको सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो सामूहिक निर्णय गरेको हो।

बैठकपछि एमालेका प्रमुख सचेतक ऐन महरले कार्यपालिकालाई संसद्प्रति जवाफदेही बनाउन विपक्षी दलहरू एकजुट भएर अघि बढ्ने समझदारी भएको जानकारी दिए। उनले संसद्को गरिमा जोगाउन र नियमको पालना गराउन प्रधानमन्त्रीले आफैं संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गरे।

प्रतिनिधिसभा नियमावली अनुसार महिनाको पहिलो हप्ता कुनै एक दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था छ। सोही नियमावली बमोजिम जेठ महिनाको पहिलो हप्ता नै यस्तो कार्यक्रम हुनुपर्ने भए पनि सभामुखले मिति तय नगरेपछि विपक्षी दलहरूले संसद्मा निरन्तर विरोध जनाउँदै आएका छन्।

संसद्को गतिरोध खुलाउने प्रयासस्वरूप सभामुख डोलप्रसाद अर्याल आफैं प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दा समेत प्रधानमन्त्री बालेन्द्र शाहले प्रश्नोत्तरका लागि आउन अस्वीकार गरेको बुझिएको छ।

विपक्षीहरूको यो अडान र सरकारको उदासीनताका कारण संसद्को आगामी बैठक प्रभावित हुने देखिएको छ भने प्रतिनिधिसभाको अर्को बैठक पर्सि मङ्गलवारका लागि बोलाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर