Saturday, September 26, 2026

बारागढी गाउँपालिकामा भोलि शोक बिदा

Advertisement
Advertisement

बारा, ११ जेठ । बाराको बारागढी गाउँपालिका वडा नं. २ की वडा सदस्य रेखा देवीको निधन भएको छ। वडा सदस्य रेखा देवीको आज सोमबार (जेठ ११ गते) निधन भएको हो।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै उनको असामयिक निधनले सिंगो गाउँपालिका परिवार स्तब्ध भएको र दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

वडा सदस्यका रूपमा उनले पर्याएकी सराहनीय कार्य र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत समाज रूपान्तरणमा खेलेको अतुलनीय योगदानको उच्च सम्मान गर्दै गाउँपालिकाले भोलि शोक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालका अनुसार दिवंगत वडा सदस्यको सम्मानमा जेठ १२ गते मंगलबारका दिन अत्यावश्यक सेवाबाहेक बारागढी गाउँपालिका र मातहतका सम्पूर्ण कार्यालयहरूमा शोक बिदा रहने छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर