Saturday, August 1, 2026

प्रधानमन्त्री बालेनको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विपक्षी दलहरू एकमत, फिर्ता लिन माग

बारा, १८ जेठ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी पाँच दलको बैठकले नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिको विरोध गरेको छ ।

बैठकले प्रधानमन्त्रीको भनाइप्रति गम्भीर आपत्ति जनाउँदै उक्त अभिव्यक्ति त्रुटिपूर्ण र राष्ट्रघाती भएको ठहर गरेको छ । विपक्षी दलहरूले प्रधानमन्त्री शाहले राष्ट्रको शिर झुकाउने काम गरेको भन्दै संसद्‌मा क्षमायाचनासहित आफ्नो भनाइ तुरुन्त फिर्ता लिनुपर्ने माग गरेका छन् र यस विषयलाई आजको संसद् बैठकमा सशक्त रूपमा उठाउने तयारी समेत गरेका छन् ।

यो विवाद आइतबारको प्रतिनिधिसभा बैठकबाट सुरु भएको हो । हिजोको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सोधेको सीमा विवादसम्बन्धी प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले आफू पदमा आएपछि मात्र यो कुरा थाहा पाएको भन्दै दुवै देशले एकअर्काको भूमि मिचेको र यसलाई साथीको रूपमा बसेर समाधान गर्ने सोच राखेको बताएका थिए ।

प्रधानमन्त्रीको यही गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको विरुद्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा नेताहरू एकजुट भएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर