Saturday, August 1, 2026

हावाहुरी पीडितलाई राहत दिने जीतपुरसिमरा उपमहानगरको निर्णय

बारा, १९ जेठ । जीतपुरसिमरा उपमहानगरपालिकाले हालै आएको तीव्र हावाहुरीबाट प्रभावित भएका नगरवासीहरूलाई आर्थिक राहत उपलब्ध गराउने निर्णय गरेको छ।

गत जेठ ९ गते वडा नं. २२ र जेठ ११ गते वडा नं. ११ मा आएको हावाहुरीका कारण दर्जनौं घरका छाना उडेका छन् भने टहरा, गोठ, विद्युत् तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। प्रारम्भिक तथ्यांक अनुसार वडा नं. २२ मा करिब ५० र वडा नं. ११ मा करिब ४० घरधुरी यस प्राकृतिक विपद्बाट प्रभावित भएका छन्।

नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित परिवारहरूको वास्तविक अवस्था र क्षतिको मूल्याङ्कनका आधारमा राहत रकम वितरण गर्ने निर्णय गरेको हो। वडा स्तरीय विपद् व्यवस्थापन समितिको सिफारिस तथा प्राविधिक टोलीको स्थलगत निरीक्षण प्रतिवेदनलाई आधार मानी आंशिक क्षति भएका परिवारलाई न्यूनतम ५ हजार रुपैयाँ र बढी क्षति भएका परिवारलाई अधिकतम १५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराइने उपमहानगरपालिकाले जनाएको छ ।

हाल प्रभावित क्षेत्रका वडाध्यक्ष, जनप्रतिनिधि तथा प्राविधिक टोलीले क्षतिको यकिन विवरण संकलन गर्ने कार्यलाई तीव्र पारेका छन्। उपमहानगरपालिकाले राहत वितरण प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै प्रभावितहरूको पुनःस्थापनाका लागि थप पहल गर्ने समेत स्पष्ट पारेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर